काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिनुहुने कार्यसूची रहेको छ ।
यस्तै, अर्थमन्त्री पुनले विनियोजन विधेयक, २०८१ प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रस्तुत गर्ने, भन्सार महशुल विधेयक, २०८१ प्रस्तुत गर्न अनुमति मान्गने प्रस्ताव प्रस्तुत गर्नुहुने भन्सार महशुल विधेयक,२०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी, विनियोजन विधेय, २०८१ लाई प्रस्तुत गर्न अनुमतित माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts