काठमाडौं । नेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्य दूतमा विदुषी राणा नियुक्त हुनुभएको छ । साथै महावाणिज्य दूतावासको उद्घाटनसमेत गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा नवनियुक्त महावाणिज्य दूत राणाले दुर्ई देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्याण्डको सहयोगका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सो अवसरमा आइसल्याण्ड गणतन्त्रका राजदूत गुड्नी ब्रागासन, उपसभामुख इन्दिरा राना, सांसदहरू, मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल उद्योग परिसंघका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलगायत तीन सयभन्दा बढीको उपस्थिति रहेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा