काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले १६ औँ वार्षिकोत्सवका अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका विद्यार्थीलाई खाद्यान्न र स्टेसनरीका सामग्री वितरण गरेको छ ।
कम्पनीले कोशी प्रदेशअन्तर्गत विराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेसनरी तथा विराटेश्वर वृद्धाश्रमलाई निर्माण सामग्री, बिर्तामोडस्थित नमस्ते बाल तथा वृद्धाश्रमका बालबालिकालाई शैक्षिक सामग्री र वृद्धवृद्धाका लागि खाद्यान्न वितरण गरेको छ । साथै कम्पनीले मधेश प्रदेशअन्तर्गत जनकपुरस्थित रामजानकी वृद्धाश्रम, बर्दिबासको भुवनेश्वरी वृद्धाश्रम र वीरगञ्जको मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम आयोजना गरेको थियो ।
बागमती प्रदेशअन्तर्गत अपांग पुनस्र्थापना केन्द्र गोकर्णमा खाद्यान्न वितरण, चितवन देवघाटको रामजानकी आश्रममा शैक्षिक सामग्री वितरण, गण्डकी प्रदेशअन्तर्गत बागलुङको मानव सेवा आश्रममा खाना, लमजुङ बेसीशहरको लमजुङ विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण, पोखराको वल्डएज होममा खाद्यान्न वितरण गरेको छ ।
लुम्बिनीअन्तर्गत बुटवलको अपांग आश्रममा खाद्यान्न वितरण, नेपालगञ्ज, पाल्पा र घोराहीको निलसागर सेवा आश्रमका वृद्धावृद्धालाई खाद्यान्न वितरण, कपिलवस्तुको कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम, कर्णालीको सुर्खेतस्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम, सुदूरपश्चिम प्रदेशअन्तर्गत टिकापुरको सहारा घर, डडेल्धुराको उग्रतारा संस्कृत विद्यालय, झलारीको विद्यालय र धनगढीको परिवार बालगृहमा खाद्यान्न तथा विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता