काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले मंगलबार नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)लाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । कम्पनीका अनुसार नेपालमा यसरी दुर्ई भुक्तानी प्रणाली सञ्चालकबीच गाभ्ने/गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो । एकीकृत कारोबार घोषणा कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीका साथै नेपाल राष्ट्र बैंकका उच्चपदस्थ अधिकारी, सरकारी निकायका उच्चपदस्थ अधिकारी, बैंक वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थालगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
भुक्तानी तथा फछ्र्योट विनियममा रहेको प्रावधानअनुसार डिडिए अडिटरले मूल्यांकनलगायत विभिन्न पक्षको समीक्षासहितको प्रक्रिया पूरा गरी १ः०.२८ स्वाप अनुपातमा एनसिएचएलले नेप्स प्राप्ति गरेको हो । दुवै कम्पनीले नेपालमा डिजिटल भुक्तानीको विकास तथा विस्तार गर्ने उद्देश्यसहित कार्य गर्दै आएका थिए । नेप्सले विगत ११ वर्षदेखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको थियो भने एनसिएचएलले विगत १५ वर्षदेखि कार्डबाहेकका विभिन्न राष्ट्रियस्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्लेटफर्म सञ्चालन गर्दै आएको थियो ।
प्राप्तिपछि एकीकृत चुक्ता पुँजी एक अर्ब सात करोड तथा कुल कोष एक अर्ब ४४ करोड कायम भएको छ । २०८० चैतसम्म दुवै कम्पनीको संयुक्त कारोबार एक खर्ब १३ खर्बभन्दा बढी रहेको छ भने संयुक्त कारोबार संख्या १३ करोडभन्दा बढी रहेको छ । एक सय ३२ भन्दा बढी कर्मचारीको अनुभव तथा दक्षताले एनसिएचएललाई नेपाल तथा अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थिति थप सशक्त बनाउन मद्दत पुग्ने बताइएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा