
काठमाडौं । तामागढी-सिम्रौनगढ मुआब्जा संघर्ष समिति बाराले मुआब्जाको माग गर्दै काठमाडौंको माइतीघरमा रिले अनसन सुरु गरेको छ । विगत लामो समयदेखि हुलाकी राजमार्ग, योजना कार्यालय, वीरगञ्जको कार्यक्षेत्रभित्र पर्ने तामागढी-सिम्रौनगढ सडक खण्डमा पर्ने जग्गाको मुआब्जा नपाएपछि संघर्ष समितिले काठमाडौंमै आएर अनसन सुरु गरेको हो ।
मुआब्जा समितिको बैठकबाट उक्त सडकको दायाँ/बाँया १५/१५ मिटर अधिग्रहणमा परेका जग्गाको विषयमा भएको मूल्य निर्धारण तथा नापी कार्यालय, बाराबाट मूल्यांकन भएअनुसार दुई अर्ब ९७ करोड ७८ लाख ४० हजार छ सय २५ रुपैयाँमध्ये तत्कालका लागि १५ करोड बजेट व्यवस्थापनका लागि सडक विभागबाट सिफारिस भए पनि अर्थ मन्त्रालयले बजेट नदिएको बताइएको छ ।
स्थानीयवासीको मागअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको योजना अनुुगमन तथा मूल्यांकन महाशाखले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पटक-पटक पत्राचार गरे पनि हालसम्म नपाएको संघर्ष समितिले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच