बर्मामा अफिम खेती बढ्यो, नेपालमा चिन्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले सैन्य शासित म्यानमारमा अफिम खेती बढ्दै गएको जनाएको छ । गत वर्ष मात्रै म्यानमारमा ३३ प्रतिशतले अफिम खेती बढेको सो प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराधसम्बन्धी कार्यालयका एक अधिकारीका अनुसार यस खेतीको वृद्धिको कारण म्यानमारको राजनीतिक र आर्थिक उथलपुथलसँग जोडिएको छ । सेनाले दुई वर्षअघि कूद्वारा त्याहाँको सत्ता हातमा लिएको थियो ।

‘फेब्रुअरी २०२१ को सैन्य अधिग्रहण पछि आर्थिक, सुरक्षा र शासन अवरोधहरू रूपान्तरण भएको छ र प्रायः द्वन्द्वग्रस्त दुर्गम क्षेत्रहरूमा किसानहरू अफिममा फर्कनुको विकल्प छैन,’ यूएनओडीसीका क्षेत्रीय जेरेमी डगलसले भन्नुभयो ।

यसबारे सैन्य सरकारका प्रवक्ताले भने यस सम्बन्धमा टिप्पणीका लागि गरिएको अनुरोधलाई जवाफ दिएनन् ।

म्यानमारको अर्थतन्त्र विद्रोहपछि निकै खस्किएको छ। डलरको तुलनामा क्याटको भाउ घटेको छ । र, खाद्यान्न र इन्धनको मूल्य माथि उकालो लागेको छ । संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराधसम्बन्धी कार्यालयका म्यानमार प्रबन्धक बेनेडिक्ट होफम्यानले चेतावनी दिए –विकल्पमा अफिम खेती र उत्पादन बढ्दै जाने सम्भावना छ ।

अफिम खेती गरिएको क्षेत्र एक तिहाइले विस्तार भयो। औसत अनुमानित उपज ४१ प्रतिशत बढेर प्रति हेक्टेर लगभग २० किलोग्राम (४४ पाउण्ड) पुगेको छ।

ADVERTISEMENT

जुन चीन, थाइल्याण्ड र लाओसको सिमानामा पर्ने पूर्वी शान राज्यमा यो खेती सबैभन्दा वृद्धि (३९ प्रतिशतमा) भएको छ । मुख्य रूपमा खेती गरिएको क्षेत्र पहिचान गर्न उपग्रह डेटा प्रयोग गरेको थियो।

म्यानमारमा वार्षिक रूपमा उत्पादन हुने अफिमको मूल्य २ अर्ब डलरसम्म पुग्न सक्छ, जसमध्ये धेरै जसो लागूऔषध छिमेकी देशहरू र विश्व बजारमा तस्करी हुने गरेको सो प्रतिवेदनम उल्लेख छ । लागुऔषध अफिम उत्पादनको लागि म्यानमार विश्वमा निकै बदनाम रहदैँ आएको छ । द्धन्द्धग्रस्त अफगानिस्तान र म्यानमार लागुऔषध उत्पादन र तस्करीको विश्वका प्रमुख केन्द्र मानिन्छन् ।

बर्माबाट हुने लागुऔषध तस्करीको अन्तराष्ट्रिय जालोले नेपाललाई पनि तस्करीको मुख्य रुटको रुपमा दुरुपयोग गर्दै आएको अपराधिक इतिहासको पृष्ठभूमिमा अहिलेको बढ्दो अफिम उत्पादनको कुराले भविष्यमा नेपाललाई पनि प्रभावित पार्नसक्ने खतरा नेपाल प्रहरीको एक उच्च अधिकारीले औंल्याएका छन् ।

 

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज