काठमाडौं । हुवावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला भएको छ । सूचना प्रविधिको क्षेत्रमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिन हुवावेले आवेदन माग गरेको हो ।
स्नातक तहका विद्यार्थीले कम्पनीको वेबसाइटमार्फत् जुन ९ तारिखसम्म आवेदन दिन सक्ने बताइएको छ । सिड्स फर द फ्युचर हुवावेको चौथो संस्करण हो । हुवावेले सरकार, शिक्षाविद् र उद्योग विज्ञ सम्मिलित विविध निर्णायक समिति गठन गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि सह-आयोजक र युनेस्को रणनीतिकरूपमा रहेका थिए । प्रतियोगिताको दुर्ई महिनामा अन्तर्वार्ता, कार्य र प्रस्तुतीकरणका धेरै चरण हुनेछन् । विजेताले चीनमा हुने तालिम र क्षेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts