
काठमाडौं । वाइवाइ चाउचाउले जारी आइसिसी टी-२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशिको पुरस्कार घोषणा गरेको छ । विश्वकपको सुपर-८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइवाइ चाउचाउले नगद ३० लाख पुरस्कार प्रदान गर्ने सिजी फुड्स नेपालले जनाएको छ ।
वाइवाइ चाउचाउले जारी विश्वकपमा नेपालको जितको शृंखला अगाडि बढाउन खेलाडीको मनोबल उच्च पार्ने उद्देश्यले अन्य विभिन्न पुरस्कार पनि पनि घोषणा गरेको छ । जसअन्तर्गत प्रत्येक रनबापत एक हजार, प्रत्येक चौकाबापत आठ हजार, प्रत्येक छक्काबापत १२ हजार, प्रत्येक विकेटबापत १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत एक लाख र नेपाली टिमको प्रत्येक जितमा एक लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउनेछ । कम्पनीले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा पुरस्कार घोषणा गरेको हो ।
पुरस्कारले नेपाली खेलाडीलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ । सिजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू-१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भन्नुभयो, ‘प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टी-२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्ने उत्कट चाहना छ । हाम्रा खेलाडी त्यसका लागि योग्य छन् तर पनि उनीहरूको हौसला अझै माथि उठाउनु हाम्रो कर्तव्य हो, वाइवाइ विगत २० वर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच