काठमाडौं । सिटिजन्स बैंकका ग्राहक तथा कर्मचारीले वीरगञ्जस्थित साई डेण्टल क्लिनिकमा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले साई डेण्टल क्लिनिकका सेवामा २० प्रतिशतसम्मको छुट पाउने सम्झौता भएको हो ।
यस्तोे सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यम प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।






