काठमाडौं । प्रभु बैंक र युएसएड ट्रेड एण्ड कम्पिटेटिभ्सबीच सम्झौता भएको छ । स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने ‘इम्पाओरिङ एग्रो एण्ड टुरिजम इण्डष्ट्रिज फर सस्टेनेबल ग्रोथ फर फ्युचर नेपाल’ परियोजनाका लागि सोमबार सम्झौता भएको हो ।
सम्झौतापत्रमा युएसएड ट्रेड एण्ड कम्पिटेटिभ्सतर्फबाट प्रतिनिधि माक्र्स मुलर र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार नेपालको अर्थतन्त्र दिगोरूपमा लघु, साना र मध्यम आकारका उद्यमका लागि वित्तीय उत्पादन र सेवामा उपलब्धता र पहुँच बढाउन, आर्थिकरूपमा पछि परेकाका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसरलाई प्रोत्साहन गर्न विशेषगरी कृषि र पर्यटन क्षेत्रमा काम गर्ने साझा लक्ष्य रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता