काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्व मंत्री दीपक गिरीले विदेशबाट काम गरेर फर्किएका नेपालीलाई तीन महिना भित्र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न माग गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गिरीले नेपालमा मृगौलाका कूल बिरामी मध्ये झन्डै तीस प्रतिशत खाडी मुलुकमा काम गरेर फर्केका नेपालीहरु रहेको तथ्यांकहरुले देखेको जनाउनु भएको छ ।
'त्यसैले म विदेशबाट फर्किएका नेपालीहरुलै तीन महिनाभित्र नजिकको सरकारी अस्पतालमा गएर अनिवार्य स्वास्थ्य परीक्षण गर्न र यदि कुनै उपचार गर्नु पर्ने भए उपचारको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषबाट व्यहोर्ने व्यवस्था मिलाउन नेपाल सरकारसंग जोडदार माग गर्दछु,' उहाँले भन्नुभयो ।
सांसद गिरीले रेमिटान्स (विप्रेषण) ले नेपाली अर्थतन्त्र धानी रहेको भएता पनि यसको लागि नेपालीहरुले ठूलो मूल्य पनि तिर्नु परिरहेको बताउनु भयो ।
सांसद गिरीले नेपालको अर्थतन्त्र धानी रहेका वैदेशिक रोजगारमा गएका नेपालीहरुको स्वास्थ्यको हेरविचार गर्ने जिम्मा पनि राज्यको भएको बताउनु भयो ।
वैदेशिक रोजगार बोर्डका अनुसार गत २०७७/७८ को तुलनामा २०७८/७९ मा मृत्यु हुने नेपालीको संख्या पाँच प्रतिशत वृद्धि भएको छ भने २०७९/८० मा एक प्रतिशत घटेको छ।
त्यस्तै,अङ्गभङ्ग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८/७९ मा ३१.९५ प्रतिशत र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ।
मृत्यु हुने श्रमिकको सङ्ख्यामा कमी आए तापनि अङ्गभङ्ग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts