काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए ।
आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिनुभएको थियो ।
आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएको बुझिएको छ ।






