एक महिना देखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा स्थानीय सेवाग्राही समस्यामा

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 4 mins

बझाङ । एक महिना देखि अवरुद्ध लघुजलविद्युत सेवा सुचारु नहुँदा केदारस्युँ गाउँपालिका -६ का ५ सय घरपरिवारले समस्या झेल्नु परेको छ । केदारस्युँ गाउँपालिकास्थित दोगडेघट्ट लघुजलविद्युत अवरुद्ध भएको एक महिना बितिसक्दासमेत विद्युत व्यवस्थापन समिति र कर्मचारीहरूले कुनै चासो नदेखाएका कारण आफूहरूले सास्ती खेप्नु परेको स्थानीयले गुनासो गरेका छन् ।

बैशाखदेखि लघु जलविद्युत आयोजनाको विद्युत मेसिन बिग्रिएपछि स्थानियलाई समस्या भएको हाे । विद्युत मेसिन बिग्रिएर विद्युत अवरुद्ध भएपछि विनाडा, त्याडिगाउँ, भाडसैन, उपरगाउँ, गाजरी र सिग्राली टोललगायत स्थानीयहरु एक महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा वडाभित्र सञ्चालित साना तथा मझौला कलकारखाना, कुटानी पिसानी गर्ने मिल सङ्गै मोबाइल चार्ज लगायतका अन्य सबै सेवाहरू प्रभावित बनेको स्थानीय धनबहादुर धामीले बताउनुभयो । विद्युत मेसिन बिग्रिएको एक महिना बितिसक्दा पनि मर्मत नहुनुमा विद्युत व्यवस्थापन समितिको र कर्मचारीको लापरवाही रहेको धामीको भनाई छ ।

बेलाबेलामा स्थानीय सरकारबाट विद्युत मर्मतका लागि बजेट विनियोजन हुने गरेको र प्रत्येक घरपरिवार बाट विद्युत प्रयोग गरेबापतको विद्युत महसुल मासिक रुपमा रु सयका दरले उठाउने गरेको भए पनि विद्युत बिग्रिएपछि मर्मतका लागि व्यवस्थापन समिति सँग आर्थिक नहुनु व्यवस्थापन समितिकै लापरबाही रहेको स्थानीय विर बहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ विद्युत अवरुद्ध हुँदा साँझबिहान घरायसी कामगर्न र बालबालिकाहरूको पढाइमासमेत समस्या भएको छ ।’

ADVERTISEMENT

जलविद्युत व्यवस्थापन समिति अध्यक्ष धनबहादुर बोहराले गतवर्ष पालिकाबाट विनियोजित बजेट पहिले नै मर्मतमा खर्च गरिसकेको र घरधुरीबाट विद्युत महसुल वापतको रकम कर्मचारीको पारिश्रमिकमा खर्च भएको बताउनुभयो । केही रकम घरधुरीबाट उठाउन नसक्दा आर्थिक अभावका कारण विद्युत मर्मत गर्न नसकिएको उहाँको भनाई छ ।

जलविद्युत मर्मतका लागि आफूले पालिकामा पहल गरिरहेको भएपनि पालिकाले सो क्षेत्रमा राष्ट्रिय प्रसारण लाईनको काम गरिरहेकाले अहिले उक्त आयोजनामा बजेट खर्च गर्न नसकिने बताएपछि समस्या भएको केदारस्युँ गाउँपालिका-६ का वडा अध्यक्ष जयबहादुर धामीले बताउनुभयो । केदारस्यु गाउँपालिकामा रहेको दोगडेघट्ट लघु जलविद्युत आयोजनाको विद्युत सेवा एक महिना देखि बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?