काठमाडौं । गर्मी बढेसँगै स्वयम्भूका बांदरहरू पोखरीमा पौडी खेल्दै शरीर शितल बनाइरहेका छन् ।
स्वयम्भू परिसरमा बाँदरकै लागि बनाइएको पोखरीमा पौडी खेल्ने गरेका छन् ।
हाल देशभर तापक्रम बढेको छ । केन्द्रिय राजधानी काठमाडौंमा पनि केहीदिन यता गर्मी बढेको छ । आज उपत्यकाको तापक्रम अधिकतम ३३ डिग्री मापन भएको छ ।
दिनभर लागेको चर्को घामले जनावर चराचुरुङगी लगायत यहाँका वासिन्दा प्रभावित बनेका छन् ।
हेर्नुहोस् तस्वीर













