काठमाडौं । ब्रिटिस काउन्सिलअन्तर्गतको कल्चरल प्रोटेक्सन फण्डले १० देशमा २० लाख पाउण्डभन्दा बढी कोषको २२ नयाँ परियोजना घोषणा गरेको छ । परियोजनाले द्वन्द्व वा जलवायु परिवर्तनको प्रभावबाट जोखिममा रहेको सांस्कृतिक सम्पदाको संरक्षण गर्नेछन् । मध्यपूर्व, उत्तर र पूर्वी अफ्रिकाबाहेक कोषले पहिलोपटक पाकिस्तान र नेपालमा दक्षिण एसिया अगुवा कार्यक्रमको हिस्साका रूपमा काम गर्नेछ ।
२० लाख पाउण्डभन्दा बढीको कोष सिरिया, इराक, केन्या, सुडान, इथियोपिया, कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र, युगाण्डा, तान्जानिया र पहिलोपटक पाकिस्तान र नेपालका सांस्कृतिक सम्पदाको संरक्षणमा विनियोजन गरिने बताइएको छ । अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षण संयुक्त अधिराज्यको प्राथमिक उद्देश्य हो, जुन उद्देश्य प्राप्त गर्न कल्चरल प्रोटेक्सन फण्डले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । संस्कृति, मिडिया तथा खेलकुद विभागसँगको सहकार्यमा ब्रिटिस काउन्सिलले नेतृत्व गरेको यस पहलले सांस्कृतिक सम्पदाको संरक्षण सुनिश्चित गर्छ । भवन तथा पुरातात्विक स्थल जस्ता मूर्त सम्पदा संरक्षण गर्न १७ देशका संघसंस्था तथा समुदायसँग सहकार्यका साथै कोषले संगीत, परम्परागत शिल्पकारिता र भाषा जस्ता अमूर्त सम्पदा पनि संरक्षण गर्छ ।
ब्रिटिस काउन्सिल कल्चरल प्रोटेक्सन फण्डका निर्देशक स्टेफानी ग्रान्टले भन्नुभयो, ‘सन् २०१६ देखि कल्चरल प्रोटेक्सन फण्डले १९ देशमा सांस्कृतिक सम्पदा संरक्षणका लागि एक सय ५९ परियोजनालाई पाँच करोड पाउण्डभन्दा बढी अनुदान दिएको छ, तथापि हाम्रो सेवाको आवश्यकता पहिलेभन्दा बढी सान्दर्भिक बनेको छ । हाम्रो संस्थाले गत वर्ष ठूलो संख्यामा कोष अनुरोध सामना गर्नुपर्यो, जुन हाम्रो हालको कार्यक्रमका लागि छुट्याइएको बजेटको लगभग २० गुणा थियो । हामी हाम्रो पोर्टफोलियोमा २२ उत्कृष्ट परियोजना थपेर दक्षिण एसियामा हाम्रो सेवा विस्तार गर्दै नयाँ संस्था तथा समुदायलाई सहयोग गर्न पाउँदा अत्यन्तै गौरवान्वित र उत्साहित छौँ । यी परियोजनाले अमूल्य सांस्कृतिक सम्पदाको विस्तृत दायराको अनुसन्धान, दस्तावेजीकरण र पुनस्र्थापना गर्नेछन् र हजारौं मानिसलाई आफ्नो सांस्कृतिक पहिचान खोज्न र स्मरण गर्न एकसाथ ल्याउनेछन् । हृवाइटली बेका कला तथा सम्पदामन्त्री लर्ड पार्किन्सनले भन्नुभयो, ‘विश्वका जुनसुकै कुनामा बसोबास गर्ने भए तापनि मानिसहरू आफ्नो सांस्कृतिक सम्पदामा ठूलो गर्व गर्छन् । हाम्रो सम्पदाको संरक्षण हाम्रो पहिचानको अभिन्न पक्ष हो, त्यसैले यसलाई सधैं सुरक्षित राख्नुपर्छ, ताकि भावी पुस्ताले यसको आनन्द लिन सकून् । यस वर्षका सफल परियोजनाले द्वन्द्व, अस्थिरता र जलवायु परिवर्तनका प्रभावबाट मूर्त सम्पदास्थल जोगाउनमात्र नभई विश्वभरका समुदायको अभिन्न अंग बनेका सांस्कृतिक अभ्यास र परम्परागत शिल्पकलाजस्ता अमूर्त सम्पदा पनि जोगाउन मद्दत गर्नेछ ।’ नेपालमा हालै आर्थिक सहयोग गरिएको घोषित कल्चरल प्रोटेक्सन फण्डको परियोजनाअन्तर्गत नेपालमा आदिवासी खाद्य परम्पराको संरक्षणमा ५० हजार पाउण्ड रहेको छ ।
राष्ट्रिय आदिवासी महिला महासंघले नेपालको उच्च पहाडी क्षेत्रमा विभिन्न पाककला अभ्यासमा केन्द्रित उक्त परियोजना सञ्चालन गर्नेछ । खाद्य परम्परा, खानपानसँग सांस्कृतिक अभ्यास, वातावरणसँग गहिरोरूपमा जोडिएका हुन्छन् । त्यस्तै भावी पुस्ताका लागि कुसुन्डा (वन राजा) भाषा र संस्कृतिको सुरक्षार्थ ४५ हजार नौ सय ५३ पाउण्डको परियोजना रहेको छ । कुसुन्डा भाषा नेपालको मध्यपश्चिम क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदायका सीमित व्यक्तिमात्र सहज वक्ता रहेको एउटा पृथक् र लोपोन्मुख भाषा हो । बढ्दो संख्यामा बसाइँसराइसँगै कुसुन्डाका जीविकोपार्जन र जीवनशैलीमा जलवायु परिवर्तनको प्रभावका कारण उनीहरूको सांस्कृतिक विरासतको महत्वपूर्ण पक्षसँगको विच्छेदले कुसुन्डा भाषा लोप हुने खतरामा छ ।
त्यसैगरी डोल्पोको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको उच्च हिमाली क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको संरक्षणतर्फ ३६ हजार नौ सय आठ पाउण्डको परियोजना सञ्चालन हुनेछ । नेपालको सबैभन्दा दुर्गम क्षेत्रमध्येको माथिल्लो डोल्पो क्षेत्रमा विहार, ऐतिहासिक बस्ती र स्मारक द्वन्द्वसम्बन्धी अस्थिरताका कारण क्षयको खतरामा छन् ।
मैथिल महिला भित्ता चित्रकला र मूर्तिकलाको संरक्षण तथा पुनरुत्थान-५० हजार पाउण्डको परियोजना रहेको छ ।
परियोजना मैथिल महिला चित्रकला र माटो कला सम्पदामा केन्द्रित छ । मैथिल समुदायका माटोका घरहरू माटोको वास्तुकलाको एक विशिष्ट शैलीमार्फत् धार्मिक महत्व राख्ने प्रतीकात्मक चित्रणले सजिएका हुन्छन् । मैथिल महिलाले आफ्नो सांस्कृतिक सम्पदामा ठूलो गर्व गर्छन्, आमाहरूबाट छोरीहरूलाई सीपहरू हस्तान्तरण गर्ने चलन लामो समयदेखि चलिआएको अभ्यास हो । जलवायु परिवर्तनको जोखिममा परेको ३६ लाख वर्ष पुरानो मानव पदचिहृन भेटिएको स्थल ब्रिटिस काउन्सिल कल्चरल प्रोटेक्सन फण्डद्वारा सहयोग प्राप्त २२ नयाँ परियोजनामध्ये एक हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts