गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराउनुभएको हो ।
मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । पाण्डेले विन्दुकुमार थापा र टंकराज गुरुङलाई मन्त्री बनाउनु भएको हो ।
थापाले सामाजिक विकास, उर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी सम्माल्नु हुनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts