धादिङ । अविरल वर्षाका कारण पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडकखण्ड अन्तर्गत धादिङको गल्छी–बैरेनीमा सडक अवरुद्ध भएको छ ।
सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति १२:३० बजेको समयमा गल्छी–बैरेनीमा सडक हिलाम्मे हुँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
गएरातीको बर्षाले उक्त सडकमा क्षति समेत पुर्याएको र माटो लेदो बनाएका कारण दुवैतर्फ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सडक निर्माण व्यवसायी र स्थानीय प्रशासनले अवररोधलाई पन्छाउने प्रयास भैरहेको छ ।
सडक नखुलेसम्म धैर्य गर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुहुन सबैलाई प्रहरीले अनुरोध गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीले दिएको जानकारी अनुसार राजमार्ग दुई तर्फि सञ्चालन आउँन केही समय लाग्ने जनाएको छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता