काठमाडौं । जुन १ तारिखका दिन पर्ने १४औँ दूध दिवसका अवसरमा नेपाल डेरी एसोसिएसनले सोमबार काठमाडौंमा विद्यालयस्तरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । स्वयम्भुस्थित त्रिरत्न आवासीय विद्यालयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीमध्येबाट उत्कृष्ट पाँच विद्यार्थीलाई आयोजकले पुरस्कार प्रदान गरेको छ ।
मिलन धर्मस्थली स्कुल कक्षा ९ की कृष्टिना सिंखडा प्रथम, गोल्डेन गार्डेन स्कुल कक्षा ९ की अमृता राना द्वितीय र पद्मकन्या मावि कक्षा ९ की मदिमा न्यौपाने तृतीय भएका छन् भने अनमोल ज्योति स्कुल कक्ष १० की मृदुला अर्याल र मेगा पब्लिक स्कुल, कक्षा ८ का विवेक ढुंगानाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको कार्यक्रममा सभापति एवं एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताउनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरी, उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेत, पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, एन प्याब्सन केन्द्रीय उपाध्यक्ष डम्बर कार्की, स्कुल्स फोरमका अध्यक्ष जयराम लामिछाने, त्रिरत्न स्कुलका प्रधानाध्यापक राजु लामा, एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडिया, वक्तृत्वकला प्रतियोगिताका संयोजक एवं उपाध्यक्ष दीपप्रसाद धमला, मनोजकुमार घिमिरे, सहकोषाध्यक्ष रामभक्त दाहाललगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा १५ विद्यालयबाट ३० जना विद्यार्थीहरूले भाग लिएका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता