काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौंको कपनमा शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । बुढानीलकण्ठ नगरपालिका-१० कपनमा रहेका दुई शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साबिकको रुद्रमती चोकको शाखाका ग्राहकले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत् सेवा लिन सक्ने बैंकले जनाएको छ ।
स्थानान्तरणसँगै लक्ष्मी सनराइजले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास लिएको छ । साथै ग्राहकलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना दुई शाखा गाभी साबिक सनराइज बैंकको शाखा रहेको स्थान औरही चोक, बर्दिबास नगरपालिका–१ बाट संयुक्त कारोबार सुरु गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements