कठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको संस्थापक एनआइसी एसिया बैंकको सञ्चालक समितिको बैठकको निर्णयानुसार मिलन सिग्देललाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरे बमोजिम संस्थाको सञ्चालक समितिको बैठकले उहाँलाई सञ्चालक पदको बाँकी कार्यकालसम्मका लागि नियुक्त गरेको छ ।
नवनियुक्त सञ्चालक सिग्देलले संस्थाका अध्यक्ष सुवर्ण पौडेलसमक्ष शपथ ग्रहण गरी पदबहाल गर्नुभएको छ । १० वर्षभन्दा बढीको लेखापरीक्षण, बिमा तथा वित्तीय क्षेत्रमा कार्यानुभवी सिग्डेल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ ।
उहाँको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थामाझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाका रूपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा