काठमाडौं । द सोल्टी काठमाडौंले बंगाली फुड फेस्टिबल आयोजना गरेको छ । २४ सै घण्टा अतिथिको सेवामा समर्पित रेष्टुराँ, गार्डेन टेरेस रेष्टुरेन्टमा बंगाली भूपरिवेश अनुकूल तथा समुदाय केन्द्रित स्वादिष्ट व्यञ्जनसहित बंगाली भोजनका परिकारको स्वादका पारखीका लागि बंगाली खाना महोत्सव(बंगाली फुड फेस्टिबल) आयोजना गरेको हो ।
द सोल्टी काठमाडौं आदरणीय देवतुल्य अतिथिलाई हार्दिक स्वगत गर्न आतुर रहने पनि आयोजकले जनाएको छ । महोत्सवमा सहभागी हुने अतिथिलाई परम्परागत बंगाली पोशाकमा सजिएका परिचरबाट भावपूर्ण बंगाली संस्कृतिअनुसार आतिथ्यता पस्कँदै न्यानो स्वागत अभिवादन गर्ने, पाहुनालाई बंगालको जीवन्त संस्कार, संस्कृति, भंगिमा, रंगढंगको परिवेशमा परम्परागत संस्कार तथा रीतिरिवाजअनुसारका गतिविधि हुने बताइएको छ ।
अतिथिलाई आगमनमा दाब, सरबत, आम पन्ना, सिक्नजी, मिष्टी, लस्सी आदिसहित स्वागतार्थ पेश गरिने स्फूर्तिदायी पेयपदार्थबाट सेवा सुरुवात गरिनेछ । महोत्सव मे ३१ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts