काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आ.व. २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
आईतवारको प्रतिनिधि सभा बैठकले बहुमतले आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्नुभएको आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । सभामुख घिमिरेले प्रतिनिधि सभाको मंगलवार १ ४ बजेका लागि बोलाउनु भयो ।
सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकाले सोही दिन १ बजे बस्नेगरी संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उपस्थित हुन आग्रह गर्नुभयो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts