काठमाडौं । मानव पुस्तकालयको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । सुकेधारास्थित नवपुस्ताकालयमा ओयोजित कार्यक्रम मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्व तथा लोकसेवा आयोगका निवर्तमान अध्यक्ष उमेशप्रसाद मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
पुस्तकालयले मानवहरू पनि अनुभवका पुस्तक नै हुन् भन्ने अवधारणाका साथ विगत दुई वर्षदेखि सञ्चालन गर्दैै आएको मानव पुस्तकको चौबीसौं शृंखला सम्पन्न गरेको थियो । शृंखलामा दिव्य शताब्दी पुरुष प्राडा.गौरीशंकर लालदास तथा पूर्वमुख्यसचिव विमल कोइराला मानव पुस्तकका रूपमा रहनुभएको थियो । उहाँहरूले आ-आफ्ना अनुभव सुनाउनुभयो ।
मुक्तिनाथ दर्शन साहित्य समाजका पूर्वअध्यक्ष हरिभक्त सिग्देल महेशको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा एक वर्षभरि मानव पुस्तक बनाइएका व्यक्तिहरूलाई सम्मानित पनि गरिएको थियो । प्रमुख अतिथि मैनालीबाट मन्तव्य व्यक्त भएपछि केही कविहरूबाट रचना वाचन गरियो ।
रचना वाचन गर्नेहरूमा तेजनाथ दंगाल, विनोद दाहल वत्स, मेनका आचार्य, रामचन्द घिमिरे, सुचिता काफ्ले, सुन्दर खड्का, महेशप्रसाद रिजाल, महेशराज खरेल, विनोद पोखरेल, उषा बस्ताकोटी, राजेन्द्र भट्ट, ध्रुव गजुरेल तथा सरस्वती अर्याल रहनुभएको थियो । नवपुस्तकालय तथा ज्येष्ठ नागरिक समाजका अध्यक्ष विष्णुप्रसाद पन्तले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सभापति कलानिधि दाहालले आफ्नो विचार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts