आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नै रु एक हजार आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन तोलामा रु एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ ।

ADVERTISEMENT

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । बिहीबार तोलामा रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ५५ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *