विश्व बौद्ध धर्म संघद्वारा शान्तिदूत गौतमबुद्धको बेबी मूर्ति प्रदर्शन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

लुम्बिनी । विश्व बौद्ध धर्म संघले शान्तिकादूत भगवान गौतम बुद्धको बेबी मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा सम्पन्न गरेको छ ।

२५६८ औँ बुद्ध जयन्तीको अवसरमा विश्व बौद्ध धर्म संघले बिहिवार लुम्बिनीमा आयोजना गरेको बेबी बुद्धका मूर्ति अनावरण कार्यक्रमको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले एक समारोहबीच बेबी बुद्ध मूर्ति प्रदर्शन गर्नुभएकाे हाे ।

विश्व बौद्ध धर्म संघ र लुम्बिनी विकास कोषको सहकार्यमा संचालित सुभनिअर प्रोजेक्टअन्तर्गत रहेको कार्यक्रममा मूर्ति प्रदर्शन गर्दै मन्त्री तामाङले विश्व शान्तिका प्रतिक शाक्यमुनी बुद्धले प्रतिपादन गर्नुभएको दर्शन सबै मानव समुदायका लागि प्रेरणादायी रहेको बताउँदै पवित्र उद्देश्यले थालनी गरिएको उक्त कार्यक्रमको सराहना गर्नुभयो।

विभिन्न सम्प्रदायका बौद्ध अनुयायीको आस्थामा आँच पुर्याउन नहुनेमा जोड दिँदै उहाँले सबै धर्मालम्बीहरूको भावनात्मक विश्वासलाई सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । समग्र प्राणीको कल्याणका लागि तथा मानवका लागि दुःखबाट मुक्ति गराउने उपाय रहेको बौद्ध दर्शन अनुकरणीय रहेको मन्त्री तामाङको भनाई थियो ।

ADVERTISEMENT

संघकी संस्थापक अध्यक्ष सर्वश्री आनी भिमसुवा गुरुङले २५६८ औँ बुद्ध जयन्तीका अवसरमा कोषसँग सहकार्य गरी लुम्बिनीमा सुरू गरिएको कार्यले बुद्ध साहित्य तथा दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

संघका महासचिव रामशरण पौडेलले शान्ति स्तम्भ स्थापना गर्ने संघको कार्ययोजना रहेको र कार्यक्रमअन्तर्गतका योजनाको जानकारी दिँदै व्यक्ति व्यक्तिकाबीच हुने मनमुटाव, लोभ, मोहका कारण फैलिएका हिंसा तथा अशान्तिलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो।

विश्व बौद्ध धर्म संघले लुम्बिनी विकास कोषको सहकार्यमा अबको ३ महिना भित्र एक हजार मूर्तिको निर्माणसहितको कार्य योजना अघि बढाउनेसमेत महासचिव पौडेलले जानकारी दिनुभयो ।

सो अवसरमा लुम्बिनी विकास कोषका प्रतिनिधि छिमेकी राष्ट्र चिनबाट आउनु भएका पाहुनासहित अन्य बिशिस्ट महानुभावहरूको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?