बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्ध जन्मभूमि लुम्बिनीलाई विश्व शान्ति र धार्मिक पर्यटकको गन्तव्यको रूपमा विकास गर्न अघि सरेको बताउनुभएको छ । २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस-२०८१ को अवसरमा बिहीबार लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथाशक्य छिटो पूरा गर्न पहल गरिरहेको उहाँको भनाइ थियो ।
उहाँले अन्तर्राष्ट्रिय दातृ राष्ट्र र संघ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र देवदह क्षेत्र तथा रामग्रामको पुरातत्विक उत्खनन, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको नयाँ प्रतिफल दिलाउन पनि प्रयास गरिरहेको सुनाउनुभयो । उहाँले सो अवसरमा नेपाल सरकारले २०६८ सालमा गठन गरेको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिको अध्यक्षको हैसियतमा प्रतिनिधि मण्डलको नेतृत्व गरेर न्युयोर्क पुगी तत्कालीन संयुक्त राष्ट्रसंघका महासचिव वान्की मुनसँग बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि गम्भीर छलफल गरेको स्मरण गर्नुभयो ।
मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्व सम्पदाको महत्वपूर्ण अंग पवित्र लुम्बिनीको विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागि परेको स्पष्ट पार्नुभयो ।
बृहत्तर लुम्बिनी विकास परियोजनाको सफल कार्यान्वयनमार्फत उक्त सम्भावनालाई यथार्थमा बदल्न सकिने बताउँदै उहाँले यस कार्यका लागि प्रस्ताव बनाउन र पहल अगाडि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको थियो । उहाँले बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय भएको जिकिर गर्नुभयो । उहाँले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच