एमाले चितवनको अधिवेशनको तयारी पुरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-हाेमनाथ सापकाेटा

चितवन । नेकपा एमाले चितवनको ११औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । सो पार्टीको जिल्ला कमिटीले विहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको तयारी पुरा भएको र एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनले गर्ने जानकारी दिएको छ ।

जेठ १४ गते सम्म चल्ने जिल्ला अधिवेशनले पार्टीको जिल्ला नेतृत्वसहित सिंगो कमिटी चयन गर्ने जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । अधिवेशनमा जिल्लाका सात पालिका, विभिन्न जनवर्गीय संगठन, सम्पर्क मञ्चलगायत गरी ७३२ जना र २९ मनोनित गरी ७६१ जना प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र दुई जना उपसचिवसहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ ।

ADVERTISEMENT

अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति, अध्यक्ष न्यौपानेको संयोजकत्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन उपसमिति, सचिव प्रकाश खनाल शैलेशको संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्तिप्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको छ ।

अधिवेशनको अबसरमा १४ गते बिहान अनेरास्ववियु चितवन र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । एमाले चितवनको अध्यक्षका लागि बर्तमान अध्यक्ष न्यौपानेसहित उपाध्यक्ष पाठक, पार्टीका नेताहरु कृष्णप्रसाद भूर्तेल र तेजेन्द्र खड्काको नाम चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज