-बिजु सुवेदी विजय
बुद्धको पहिलो खानामा फल प्राप्तिको सन्दर्भ छ कि वास्तवमा हामीलाई आश्चर्य लाग्न सक्छ तर वास्तविकता यही हो कि सिद्धार्थ जन्मने बित्तिकै बुद्ध भइसकेका थिए जब उनले आफ्नी माताको पहिलो पटक स्तनपानले सिद्धार्थको पाचनग्रन्थी स्नान गराएकी थिइन् । यति अपार खुसी सायदै कोही पनि अनि कुनै बेला पनि यिनी भएकी थिइनन् । बुद्ध जब भए उनले मातालाई भनिसकेका थिए कि यो शब्द नै काफी छ “माते !” साष्ताङ्ग दण्डवत छ । पाउमा परेको छु पूरै हजुरमा, नतमस्तक भएको छु मनमस्तिष्कले ! को छ र ! मेरो हजुरसिवाय, मलाई नयाँ स्वर्गधर्तीमा पदार्पण गराउनुभयो । ढुकढुकी नै हजुर हुनुहुन्छ माते ! हजुरबाटै मलाई ऊर्जा आउँछ, मेरो कणकणमा हजुरको ममत्त्वस्नेह छ, हजुरको जति न्यानो माया अरू कसको नै छ र !
मलाई अमृतै पिलाउनुभयो । मलाई तृप्त गराउनुभयो । के छ र मेरो यहाँ, सर्वस्व नै हजुरको हो, लडिबुडी चिहाँ चिहाँ गर्दै भन्दैछु कि हजुरको नै हजुरलाई अर्पण छ माते ! हजुर जीवनको सार हुनुहुन्छ, हजुर नै मेरो परिभाषा हुनुहुन्छ, हजुर नै आशा हुनुहुन्छ, हजुर नै भरोसा । हजुर नै विश्वास हुनुहुन्छ । हजुरको मात्रै हुन्छ शुभेच्छा, मात्र यसैको बलमा संसारमा उज्यालो छर्न समर्थ हुनेमा दृढ अनि यथेष्ट विश्वास अनि अठोट छ । मेरो नशामा बहेको रगत हजुरकै त हो, हजुरकै पवित्रता त ममा बहेको हो । आकाश धर्ती एक गरे पनि म तुच्छले के नै दिन सक्छु र ! हर कहर लुकाइदिनुहुन्छ । धर्ती भई सहिरहनुहुन्छ ।
म जस्तै ठूलो भए पनि हरेक समय सधैँ हजुरकै काखैमा हुन्छु माते ! हजुरको आँचलमा सर्वस्व छ । दुःखको आँच पनि आउन दिनुहुन्न । मलाई चोट लाग्दा हजुरको मुटु अचाक्ली दुख्छ । आँखामा करुणाको टिलपिल ज्योति ल्याउनुहुन्छ । म पुलकित रूपको सफल हुँदा हजुरकोे आँखामा अपार खुसीको मोती छाउँछ । हजुरको जति सुरिलो अनि आनन्ददायक स्वर अरू कसको छ र ! हजुर हुँदा मलाई क्लेशमात्र पनि कुनै पनि डर हुन्न । प्रतिबिम्ब अनि छायाँभन्दा हजुर र हजुरको ममत्त्व अनि स्नेह गाढा अनि हजुर अति नजिक हुनुहुन्छ । हजुर सुवासिलो फूल हुनुहुन्छ, म त सधैँ कोपिला । हजुर नै मेरो पहिलो गुरु, हजुरबाटै पहिलो शिक्षा सुरु ।
हजुरकै शरणमा आएको छु, हजुरकै चरणमा ज्यान अर्पेको छु । हजुरलाई जानेर ब्रह्म जानेको छु । हजुरलाई जानेर छैटौँ इन्द्रिय खुलेको छ । दिल पनि हजुर नै । ज्यान पनि हजुर नै । धर्ती माता हजुर ! जननी हजुर ! हजुरको काख नै मेरो स्वर्ग, यस शब्दले व्यक्त गर्न नसकिने रहेछ । तैपनि धृष्टता गरेँ माते ! धेरै माफी चाहन्छु । हजुरविना अरू जम्मै अधुरोअपूरो लाग्छ । आकाशभन्दा अपार, अनन्तभन्दा धेरै, जुनसुकै समस्याको पनि हल हजुर ! हजुर एकदमै अनमोल ! आत्मीय ईश्वर नै हजुर माते ! मेरो परमात्मा नै हजूर माते ! ती राता सिद्धार्थको यस्तो पहिलो स्नेही ममत्त्वको दुग्धप्राशनले नै उनलाई यस्ता मायादेवीका वात्सल्यले सर्वगुण सम्पन्न, लक्षणै लक्षणले युक्त शुद्धोदनका मोती शुद्धबुद्ध बनाइसकेको थियो ।
बुद्धको दोस्रो खानामा पनि फल प्राप्तिकै सन्दर्भ छ कि गृह त्याग गरिसकेपछि बुद्धले थुप्रै ठाउँमा ६ वर्षसम्म घोर तपस्या गरे । सुजाताले एउटा वृक्षलाई खुसी तुल्याउन अनि उक्त वृक्षबाट सन्तानको वरदान पाउन धेरै तपस्या गरेकी थिइन् कि मेरो सन्तान भएमा म हजुरलाई भोग चढाउने छु । उनी सधैँ यसरी नै वृक्षलाई खुसी तुल्याइरहन्थिन् । जब फलप्राप्ति स्वरूप उनीबाट सन्तान जन्मियो, बुद्ध सोही वृक्ष वरिपरिमा घोर तपस्या गरिरहेको ६ वर्ष भइसकेको थियो भने सो वृक्षमा तपस्या गरेको पनि ४९औँ दिन भइरहेको थियो । तत्कालै सुजाताले आफ्नी दासी पूर्णालाई सो वृक्ष चोखो पार्न पठाइन् ।
बुद्धको दोस्रो खानामा पनि फल प्राप्तिकै सन्दर्भ छ कि गृह त्याग गरिसकेपछि बुद्धले थुप्रै ठाउँमा ६ वर्षसम्म घोर तपस्या गरे । सुजाताले एउटा वृक्षलाई खुसी तुल्याउन अनि उक्त वृक्षबाट सन्तानको वरदान पाउन धेरै तपस्या गरेकी थिइन् कि मेरो सन्तान भएमा म हजुरलाई भोग चढाउने छु ।
आश्चर्य ! पूर्णाले त वृक्षदेव नै साक्षात् भएर उत्रेको अपार खुसी हुँदै बताइन् । यसमा खुसी भएकी सुजाताले पूर्णालाई दासताबाट मुक्त गरिदिइन् र तबदेखि जेष्ठ पुत्रीकी रूपमा सधैँका लागि सहर्ष स्वीकारिन् । सुजाताले आफूसँग भएको भाँडोमध्ये दामी अनि राम्रो भाँडोमा खीर लगेर सिद्धार्थलाई दिइन् । सिद्धार्थको ४९औँ दिनमा व्रत तोडियो, तपस्या भङ्ग भएन बरु तपस्याको सही नतिजा आविष्कार भयो । यसरी हड्डी नै हड्डी भइसकेको शरीरमा बिस्तारै बिस्तारै छाला देखा पर्न थाल्यो, नसामा सञ्चार हुन थाल्यो । वास्तवमा उनी सोही वृक्षमा तपस्या गर्दा गर्दै घोर थकित भइसकेका थिए । यही कमजोरीका कारण उनमा तर्क गर्ने सामथ्र्य पनि मरिसकेको थियो ।
अब भने उनमा र उनको तर्कमा वोधमयका साथ प्राण सिर्जना हुनगयो । सुजाता यति खुसी भएकी थिइन् कि उनले बुद्धलाई वृक्षदेव मानेर सो कचौरा नै छोडेर हिँडिन् । बुद्धले त्यहीँ नदीको तटमा पायसले आमासयलाई पाचनको सञ्चार दिएका थिए जसरी मायादेवी माताले पहिलो स्तनको स्नेह उल्र्याएकी थिइन् । पायस जब कि खीर खाएपछि उनले कचौरालाई फल ग्रहण गरेर गुदी प्राप्त गरेर बोक्रा फ्याँकेसरि कचौरा नदीमै बगाइदिएका थिए । त्यसपछि बल्ल बुद्धमा आत्मबल आयो र दोस्रो पालिमा बुद्धत्त्वरूपी गुदीसमेत प्राप्त भयो ।
बुद्धको तेस्रो तथा अन्तिम खाना अर्को लोकतर्फको निर्वाणको सन्दर्भको फल प्राप्तिसँग सन्दर्भ छ कि बुद्ध एउटा गाउँमा वास बस्न आइरहेका थिए । उक्त गाउँमा एउटा गरिब शुद्रले बुद्ध आएको थाहा पाएर बिहान झिसमिसेमै बुद्धलाई खोज्न आए र बुद्धलाई देख्नेबित्तिक्कै आफ्नो छाप्रोमा खाना खान बोलाए । शुद्रले बुद्धलाई उक्त गाउँमा आएको देख्नेबित्तिकै निमन्त्रणा गरेका थिए ता कि अरू सम्पन्नहरूले बोलाउँदा अलि ढिलो भएपछि पनि बुद्ध उतै जालान् भनेर बुद्धलाई पछ्याइरहे । बुद्धले उक्त गरिब शुद्रलाई ‘तपाईंकहाँ जसरी पनि भोलि आउनेछु’ भनेर वचन दिए । बुद्धलाई त्यहाँका बासिन्दाहरूले देख्नेबित्तिकै धेरैले भोलिको खानाका लागि निमन्त्रणा दिए । बुद्धले त्यस दिन उपवास छ भनेर सबैलाई टारिदिए ।
भोलिपल्ट बुद्ध उक्त शुद्रको छाप्रोमा गए । शुद्रलाई विश्वासै लागेको थिएन कि बुद्ध आउलान् भनेर किनकि धेरै–धेरै धनीहरूले उसकै अगाडि निमन्त्रणा दिएर गएका थिए तर बुद्धले उक्त शुद्रकहाँ नै जाने प्रण गरिसकेका थिए । शुद्रलाई आफ्नो गरिबी देखेर लाज लाग्यो तर बुद्धले उक्त ठाउँ महलभन्दा राम्रो भएको बताए । अनि शुद्रले आफूकहाँ भएको रुखो रोटी पातमा राखे तर तिउनका लागि उनले केही दिन सक्लान् जस्तो लागेन । वर्षादको समय थियो । फोहोर ठाउँमा च्याउ फलिरहेको थियो । जुन उनले सधैँ तरकारीको रूपमा खान्थे । बुद्धलाई पनि त्यही खुवाउने विचारले झाडीमा खोज्न थाले । खोज्दा–खोज्दा उसलाई जहाँको च्याउ पनि विषालुजस्तो लाग्यो किनकि उसले त्यस्ता विषालु च्याउको सामना कैयौँ पटक गरिसकेका थिए ।
खोज्दा–खोज्दा राम्रा–राम्रा च्याउको तिउन तरकारी तयार गरी बुद्धलाई त्यही रुखो रोटीसँगै खानलाई दिए । शुद्र यति अपार खुसी थिए कि पहिलोपटक उनकी आमाले दूध खुवाउँदा खुसी भएसरि थिए । त्यसैले त बुद्धले त्यो तरकारी खानलाग्दा एकदम कठोर थियो, एकदम विषालुजस्तो मुखमै हाल्न नहुने थियो तर बुद्धले उक्त खाना नखाएमा उक्त शुद्रलाई झन् फेरि दुःख दिनुपर्ने हुन्छ भनी मीठो–मीठो मानीकन खाए अनि ‘म एकदम आनन्दित भएको छु’ भनी त्यो आमाको सरि बुद्ध ममत्त्वको लाज राखी यही अपार मिठासमा हर्षका आँसु खसाले ।
बुद्धले जीवनकालभरि ती तीन खानालाई मात्र खाना माने अरूलाई त उनले विष नै महसुस गरेर एकदमै टर्रो अनुभव गरेका थिए । किनकि ती तीन तिथि पनि बैशाख पूर्णिमा नै थियो, तिनै खानाले बुद्धलाई असीम आनन्दित अनि सबैका लागि फलदायी बनाइसकेको थियो ।
बुद्धले त्यसलाई अमृतसमान मानेर बडो आनन्दित भएर खाए र आशीर्वाद दिएर त्यहाँबाट फर्के । त्यसपछि त बुद्धलाई निर्वाण प्राप्त भएको थियो । जब उक्त शुद्रले त्यो च्याउ अलिकति चाखेर हेरे तब त ढल्नै लागेका थिए । सो च्याउ साह्रै विषालु थियो । शुद्र दौडेर छाती पिटेर रुन थाले । बुद्धसँग माफी माग्न गए । ‘मैले के पाप गरेँ बुद्धलाई त मैले विष दिएँ नि लौ !’ भने तर बुद्धले ‘खाना एकदम स्वादिलो भएको र यसलाई मैले सकारात्मक रूपमा नै लिएकाले यदि म मरी नै हाले पनि तिमी ठूलो बुद्धको अनुयायी हुनेछौ किनकि सबैभन्दा पहिले आमाले मलाई दूध खुवाएर गुण लाउनुभयो, सुजाताले पनि दोस्रो खानाले मलाई बोधीप्राप्त गराइन् ।
त्यस्तै तिमीले अन्तिम पटक यति मीठो खाना खुवाएर गुण लगायौ, म निर्वाणतर्फ जान पाएँ । धेरै धेरै धन्यवाद !’ भने । बुद्धका शिष्यहरूले उक्त शुद्रलाई कठोर सजाय दिनमा जोड दिए तर बुद्धले ‘आखिर यो शरीर नश्वर छ । त्यसैले यिनले अपराध गरेर मलाई मारेकै भए पनि यिनलाई पाप लाग्दैन किनकि यिनले जति दुःखले खाना अरू कसैले पनि मलाई आजसम्म खुवाएको छैन । यिनको श्रद्धा नै ठूलो छ । हजारौँ वर्षमा म जस्तो मानिस जन्मन्छ । त्यस्तै पहिलो, दोस्रो र आखिरी खाना खुवाउने सौभाग्य जोकोहीलाई प्राप्त हुँदैन, त्यसैले उनीहरू ३ जनै सौभाग्यशाली हुन्’ भने । यसरी बुद्ध सबैलाई सम्झाउन सफल भए ।
बुद्धले जीवनकालभरि ती तीन खानालाई मात्र खाना माने अरूलाई त उनले विष नै महसुस गरेर एकदमै टर्रो अनुभव गरेका थिए । किनकि ती तीन तिथि पनि बैशाख पूर्णिमा नै थियो, तिनै खानाले बुद्धलाई असीम आनन्दित अनि सबैका लागि फलदायी बनाइसकेको थियो । बुद्धले प्राण त्याग्दा धेरैले बुद्धले पीडामा प्राण त्याग्नुप¥यो भनेर आलोचना गरे तर त्यो उनीहरूको तर्फबाट मात्र थियो बुद्धको तर्फबाट थिएन । यदि तपाईंले जस्तोसुकै परिस्थितिलाई पनि सकारात्मक रूपमा लिएमा दुःखले दुःख दिन सक्दैन । जस्तोसुकै परिस्थितिमा पनि सुख हुन्छ । बुद्धले सबै नकारात्मकतालाई मिथ्या बनाइदिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts