काठमाडौं । लघु बिमक संघ स्थापना भएको छ । हाल सञ्चालनमा रहेका लघु बिमकलाई आबद्ध गरी २०८१ जेठ ३ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा नेपाल लघु बिमक संघ नामक संस्था दर्ता भएको हो ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारी अध्यक्ष रहेको कार्यसमितिमा स्टार माइक्रो इन्स्योरेन्सका सिइओ विश्वराम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सिइओ नरेशकुमार रोका सचिव र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सिइओ रामकुमार यादव कोषाध्यक्ष रहेका छन् ।
सदस्यमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनीका सिइओ उज्ज्वल ढुंगाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका सिइओ मृगेन्द्रनाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका सिइओ प्रतापमान श्रेष्ठ रहेका छन् ।
नियामक निकाय नेपाल बिमा प्राधिकरणबाट चार निर्जीवन लघुबिमा र तीन लघु जीवन बिमा कम्पनी गरी कुल सातवटा कम्पनीले इजाजत पाएका थिए । नेपाल लघु बिमक संघले देशको लघु बिमा क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी संघसंस्थासँग समन्वय गरी लघु बिमा सेवा स्तरीय तथा भरपर्दो बनाउँदै न्यून आय वर्ग तथा दूर दराजका नागरिकमा बिमाको पहुँच विस्तारका लागि काम गर्ने अध्यक्ष भण्डारीले बताउनुभएको छ ।
संघले बिमा प्राधिकरणलगायत सम्बन्धित संघ सस्थासँग सहकार्य र समन्वय गरी समावेशी बिमाको अवधारणालाई मूर्तरूप दिन बिमा रक्षावरणको पहुँचबाहिर रहेका वर्ग समुदायलाई बिमाको दायरामा समेटी उनीहरूको आर्थिक भविष्य सुनिश्चित गर्ने कार्यमा जोड दिने उपाध्यक्ष विश्वराम तिमिलाले बताउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts