काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले पर्साको पर्सागढी १ बिरुवागुठी र सुनसरीको गढी गाउँपालिका २ औरावनीस्थित वेयर हाउजिङ सञ्चालनमा ल्याएको छ । उक्त वेयर हाउजिङको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक, अन्न संकलक र खाद्य व्यवसायीमा ठूलो उत्साह देखिएको कम्पनीले जनाएको छ ।
नेपाल वेयर हाउजिङको पर्सा र सुनसरीस्थित इकाईहरूमा खाद्यान्न भण्डारण कार्य सुचारू भई तराईका भेगबाट मकै बाली कृषकले हार्भेष्ट गरेर बजार पठाउन थालेपछि मकै संकलक, दाना कम्पनीहरूले लामो समयसम्म सुरक्षित तथा वैज्ञानिक भण्डारणका लागि नेपाल वेयर हाउसको साइलोमा मौज्दात गर्न थालेका हुन् । जहाँबाट उपयुक्त समयमा बिक्री गरी किसान तथा व्यापारीले आफ्ना कृषि उपजको अधिकतम मूल्य प्राप्त गर्न सफल हुने कम्पनीले जनाएको छ ।
कम्पनीका महाप्रबन्धक समिरराज सत्यालले भन्नुभयो, ‘मकै, गँहु, र भटमास पूर्णरूपले स्वचालित मेसिनद्वारा सफाइ, तथा केलाई गरी साइलोमा सुरक्षित तवरले भण्डारण गरिन्छ । साथै यसरी साइलोमा राखिएको अनाजको तापक्रम, आर्द्रता कम्प्युटरको माध्यमबाट सूक्ष्मरूपले वैज्ञानिक व्यवस्थापन गरिन्छ । यसप्रकार भण्डारीकरण गरिएको अनाजको इन्स्योरेन्सको व्यवस्था पनि कम्पनीले गरेको छ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता