✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ जेठ ७ गते सोमबार ई.स. २०२४ मे २०, तिथि- वैशाख शुक्लपक्ष द्वादशी, नक्षत्र- चित्रा, सिद्धि- योग, वालव- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ५ः१४ सूर्यास्त- १८ः४८ ।
मेष : दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
वृष : यात्रामा पनि झण्झट आइलाग्नेछ ।
मिथुन : पराक्रम र उत्साहमा कमी आउने छ ।
कर्कट : अतिथिका रूपमा सम्मान पाइनेछ ।
सिंह : सामान हराउने वा चोरी हुने सम्भावना छ ।
कन्या : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।
तुला : आँटेताकेका काममा बाधा हुनेछ ।
वृश्चिक : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
धनु : निरर्थक लगानीबाट जोगिन सकिनेछ ।
मकर : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइनेछ ।
कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।
मीन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्तिको योग छ ।






