काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंक प्रालिबीच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बिवाइडी ब्राण्डका विद्युतीय सवारीसाधन खरिदमा आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि नियमानुसार बैंकले उचित ठहर्याएका ग्राहकलाई तीन कार्य दिनभित्र सहजरूपमा सवारीसाधन कर्जा प्रवाह गर्नेछ ।
ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारीसाधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालिका सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।






