काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले इटहरीस्थित होटल सोल्टी वेस्टेण्डका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेसनल अवार्डअन्तर्गत नेसनल रत्न छनोट हुन सफल कोशी र मधेश प्रदेशका करिब ८० जना अभिकर्तालाई सम्मान गरेको छ । सो अवसरमा बजार विभाग प्रमुख विवेक शर्माले व्यावसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यसप्रकारको योजना प्रभावकारी हुने बताउनुभयो ।
समारोहमा नेसनल अवार्ड विजेतालाई कम्पनीको लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ता सञ्जाल प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समयसापेक्ष प्रोत्साहन योजना ल्याइएका कारण नै नेपालभरबाट नेसनल रत्नमा उत्साहजनकरूपमा अभिकर्ता छनोट हुन सफल भएको बताउनुभयो ।
अन्य प्रदेशका बाँकी अभिकर्तालाई पनि छिट्टै नै सम्मान गरिने कम्पनीले जनाएको छ । कार्यक्रममा केन्द्रीय कार्यालयका प्रबन्धक विवेक शर्मा, सहायक प्रबन्धक सुस्मिता शर्मा, कोशी प्रदेश प्रमुख नरेन्द्रकुमार बाच्छाना राईलगायतको उपस्थिति रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता