
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि उठेका प्रश्नको जवाफ दिनुभएको छ ।
आज साँझ बसेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेले कांग्रेस सांसहरुमाथि कटाक्ष गर्दैै सहकारी ठगी प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिनुभयो ।
उहाँले आफूलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्न अफर गर्नेले गृहमन्त्रीमा किन स्वीकार गर्न नमिल्ने भन्दै प्रश्न समेत गर्नुभयो । उहाले आफूलाई डेढ वर्ष प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने अफर डेट एक्सपाएर भयो कि बाँकी छ ? भनेर प्रश्न गर्नुभयो ।
‘म गृहमन्त्री हुन नैतिक रुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहीँ कुन नैतिक रुपले मिल्ने रहेछ ? यो कुरा म सदनमा सोध्न चाहन्छु । उहाँले भन्नुभयाे ।
संसदमा आफूमाथि लागेको आरोपमाथि जवाफ दिने क्रममा कांग्रेस महामन्त्री गगन थापामाथि पनि उहाँले प्रश्न उठाउनु भयो । गगनको नाम नलिइकन उहाँले यस्तो टिप्पणीहरु गर्नुभयो ।
‘सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔं । दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसदबाट हटाऔं । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस् ।’ उहाँले भन्नुभयाे ।
यसअघि गगनले सहकारी ठग र दोहोरो नागरिकता बोक्नेलाई पनि कारबाही गरेर घर पठाउनुपर्ने बताउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच