-होमनाथ सापकोटा
चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं-११, विश्वासटोलमा गैँडाको आक्रमणबाट एक बालक घाइते भएका छन् ।
घरनजिकै बाटोमा हिँडिरहेको अवस्थामा एक्कासी गैँडाले आक्रमण गरी रत्ननगर-११ बस्ने ११ वर्षीय दिपेश सुनार घाइते भएको प्रहरीले जनाएको छ ।
पेट, हात र ढाडमा चोट लगेका बालकको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता