काठमाडौं । बिजनेस इन्टरेष्ट ग्रुुप अफ इण्डष्ट्रिजले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर सय रुपैयाँ अंकित दरका ४५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा बिजनेस इन्टरेष्ट ग्रुप अफ इण्डष्ट्रिजका सञ्चालक समिति अध्यक्ष नवराज बुर्लाकोटी तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको हो ।
कम्पनीले कृषि क्षेत्रको व्यावसायिकता र दिगोपना, उत्पादन प्रवद्र्धन, उत्पादकत्व वृद्धि तथा बजार सुनिश्चितताका लागि काम गर्दै आएको छ । कम्पनीको हाइलाइफ एग्रो एण्ड फुड्स इण्डष्ट्रिज तथा पाँचतारे होटल लेमन ट्रि प्रिमियर बुढानीलकण्ठमा सबैभन्दा ठूलो लगानी रहेको छ ।
उपभोक्तालाई सुलभ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउन गो मार्ट सञ्चालनमा ल्याएको छ भने चितवन फुड्स इण्डष्ट्रिजमार्फत् दाल, चामल, तेल, आँटा र गेडागुडीलगायतका खाद्य सामग्रीको उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले नमुना कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि अनुसन्धान केन्द्रका साथै खाद्य उद्योग स्थापना र सामुदायिक खेतीका लागि विभिन्न स्थानमा करिब ६० बिघा जग्गा खरिद गरी काम गरिरहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts