काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच संसद्को अवरोध हटाउनबारे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँगको आज विहानको छलफल सकारात्मक दिशामा अघि बढेसँगै प्रधानमन्त्री दाहालले सक्रियता बढाउनु भएको छ ।
प्रधानमन्त्रीले आज बिहान कांग्रेसका नेताहरुसँगको छलफल सकारात्मक दिशामा अघि बढेको बताईएको छ । आफ्नो मागप्रति प्रधानमन्त्रीको जवाफ सकरात्मक आएको कांग्रेसको नेताहरुको भनाइ छ।
कांग्रेस नेताहरुसँगको भएको छलफलको प्रगतिबारे ब्रिफिङ गर्न अहिले प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेसँग छलफल थाल्नुभएको हो ।
बालुवाटारमा सुरु भएको भेटवार्तामा सभामुख देवराज घिमिरेपनि मिसिनुभएको छ ।
कांग्रेसले गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ। तर, सरकार व्यक्ति केन्द्रित नभई सबै सहकारी समस्या समाधान गर्न समिति बनाउनु पर्ने पक्षमा छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता