-मन्जु मैनाली
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिक चौतारामा कार दुर्घटना भएको छ ।
शनिबार बिहान ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार दुर्घटना हुँदा बारा निजगढ नगरपालिका-६ बस्ने ३० वर्षीय सन्दीप साह, रौतहट मौलापुर नगरपालिका-६ बस्ने १७ वर्षीय विवेक साह र भिमफेदी गाउँपालिका-८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, घाइतेहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि एम्बुलेन्समा हेटौँडा अस्पताल ल्याइएको जानकारी दिइएको छ।
कार अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts