मकवानपुरको बकैयामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-मन्जु मैनाली

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिक चौतारामा कार दुर्घटना भएको छ ।

शनिबार बिहान ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार दुर्घटना हुँदा बारा निजगढ नगरपालिका-६ बस्ने ३० वर्षीय सन्दीप साह, रौतहट मौलापुर नगरपालिका-६ बस्ने १७ वर्षीय विवेक साह र भिमफेदी गाउँपालिका-८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

प्रहरीका अनुसार, घाइतेहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि एम्बुलेन्समा हेटौँडा अस्पताल ल्याइएको जानकारी दिइएको छ।

कार अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?