
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा बैकर्स एशोसिएशनको भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
बैंकर्स एशोसिएशन बर्दघाटको अध्यक्षमा एनएमबी बैंक बर्दघाट शाखा प्रबन्धक रामकुमार भारती सर्वसम्मत निर्वाचित हुनु भएको छ । जसको उपाध्यक्षमा प्रभु बैकका शाखा प्रमुख गणेश बहादुर पछाई सचिवमा ज्योति बिकास बैकका शाखा प्रमुख नारायण विश्वकर्मा कोषाध्यक्षमा वेष्ट फाइनान्सका शाखा प्रमुख विष्णु श्रेष्ठ सदस्यहरुमा सिद्धर्थ बैकका शाखा प्रमुख कमल पौडेल, रक्षक भण्डारी (कामना सेवा) संगम जिसी (ग्लोबल आईएमई) हिरामणि पराजुली (गरिमा विकास) टुल्क प्रसाद काफ्ले (प्राईम बैंक) रामचन्द्र कडरिया (एनआईएमबी) र मनोज ज्ञवाली (सिटिजन्स बैंक) सर्वसम्मत हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष भारतीले कार्य अनुभवको आदानप्रदानले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्याहरुको समाधान सहजीकरण गर्ने बताउनु भयो । ‘बैकिङ्ग क्षेत्रमा राम्रो अनुभव सङ्गालेका साथिहरुको कार्य अनुभवले बर्दघाट क्षेत्रको बैकिङ्ग व्यवस्थित र थप मर्यादित बनाउन सकिन्छ ।’ नवनिर्वाचित अध्यक्ष भरतीले भन्नुभयो ।
बर्दघाट नगर क्षेत्रमा २३ भन्दा बढी कर्मसियल बैक र बिकास बैंकहरुले शाखा खोली करोवार गरीरहेका छन ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच