काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिरोध जनाएको छ ।

सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएपछि सभा अवरुद्ध भएको हो । बैठकमा काँग्रेस सांसदहरुले उठेर बिरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाख दाहालले सभाका प्रक्रियाहरु अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रुपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गर्नुभयो ।

ADVERTISEMENT

उहाँले समस्या राष्ट्रिय सभामा उत्पत्ति नभएकाले बिरोध नगरिदिन आग्रह गर्नुभयो । उहाँले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापन समेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरुसमेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रुमपा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक २०८१ साल जेठ ६ गते आईतवार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *