कालीकोट । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालीकोटले दलित बालबालिकाहरुको शिक्षामा सुधार गर्न शैक्षिक सवालहरुमा साझा अवधारणा र आगामी निकासको लागि लवि पैरवीसहितको अन्तरक्रिया कार्यक्रम गरेको छ ।
खाँडाचक्र नगरपालिका वडा नं. ५ मा बिहीबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालीकोटको आयोजनामा एक कार्यक्रमको आयोजना गरी दलित समुदाय तथा अति विपन्न बालवालिकाहरुको शैक्षिक क्षेत्र सुधारका लागि कार्यक्रम गरिएको हो ।
खाँडाचक्र नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष देउराम कामी विकको प्रमुख आतित्थ्यता तथा राजनीतिक दल बुद्धिजीवी तथा स्थानीय शैक्षिक सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम भएको हो ।
दलित बालबालिकाको शिक्षामा सुधार गर्नको लागि उठेका शैक्षिक सवालहरुमा साझा अवधारणा र आगामी निकासको लागि लवि पैरवीसहितको अन्तरक्रिया गर्नु यहाँका दलित बालबालिका तथा अन्य बालबालिका हितका लागि रहेको खाँडाचक्र नगरपालिका वडा नं. ५ वडा अध्यक्ष देउराम कामी विकले बताउनुभयो ।
कार्यक्रममा छात्र वृती कार्यक्रमको सहजिकरणसहित विस्तृत जानकारी कार्यक्रम अधिकृत गोरख नेपालीले गर्नुभएको थियो । स्थानीयतहको शिक्षा नीती, शैक्षिक योजना, आगामी दिनमा सुधारका लागि स्थानीय सरकारले गर्नुपर्ने कार्यनीतिका बारेमा वडाध्यक्ष देउराम कामी विकले स्पष्ट पार्नुभयो ।
दलित समुदायमा शैक्षिक सचेतनाको कमी र आर्थिक अवस्था कमजोर भएकोले नै दलित बालबालिकाहरुले उचित मात्रामा शिक्षा हाँसील गर्न नसकिरहेको सहभागिहरुले बताएका छन् ।
विद्यमान अवस्थालाई निराकरण गर्नको लागि स्थानीय वडा सरकारले निकट भविश्यमै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ संग सहकार्य गर्दै अभिभावक सचेतना घरदैलो अभियान सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरेकोले दलित बालबालिका तथा अभिभावकहरुमा शैक्षिक जागरण आउने विश्वास आम जनमानसमा रहेको छ ।
दलित बालबालिकाको शिक्षामा सुधार गर्नको लागी शिक्षक, अभिभाबक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार र सम्पुर्ण शैक्षिक सरोकारवालाहरुको आफ्नो-आफ्नो दायित्व अनुसार अनिवार्य जिम्मेवारी पुरागर्ने र वडा स्तरीय शिक्षा समितिलाई गतिशिल बनाई नियमित, मासिकरुपमा बैठक बसी सम्पूर्ण विद्यालयमा अनुगमन तथा नियमन गर्ने प्रतिबद्धतासहित साझा निर्णय पारित गरिएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित नेपाल छात्रवृति कार्यक्रमअन्तर्गत दलित बालबालिकाको शैक्षिक अवस्थामा सुधार गर्न र पहुँच अभिवृद्धि गर्नको लागि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा कालीकोटले विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts