काठमाडौं । सधैं अन भन्ने नाराका साथ एनसेलले फाइभजी भिजनमा आधारित नयाँ योजना ल्याएको छ । योजनाको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो ब्यालेन्स सकिने डर नराखी डेटा सधैं अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु रहेको एनसेलले जनाएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उक्त योजना घोषणा गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले उपभोक्ताका आवश्यकता परिवर्तन भइरहने र धेरै मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक कार्य जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबारलगायतका कार्य अनलाइनबाटै गर्ने भएकाले ‘सधैं अन’ अर्थात् अनलाइन बस्न इन्टरनेट आवश्यक पर्ने बताउनुभयो । एनसेलका अनुसार नयाँ योजनाको झन् ठूलो उद्देश्य भनेको ग्राहकलाई फाइभजीका लागि तयार पार्नु रहेको छ ।
‘सधैं अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन समूहमा आठ विभिन्न आकर्षक प्लान सञ्चालनमा ल्याएको छ । जसमा सात दिन समयसीमा हरेक दिन ९८ बाट सुरु हुने प्याकदेखि २८ दिन समयावधिको १४ सय ९९ पर्नेसम्मको विभिन्न प्लान रहेका छन् । हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ रहेको छ । उल्लेखित प्लानमा ग्राहकलाई विद्यमान शुल्कभन्दा दुर्ई गुणा सस्तो शुल्कमा उपलब्ध हुन्छ भने ‘सधैं अन’ सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्क डेटा पनि प्राप्त गर्छन् ।
कुनै ग्राहकले ९९ रुपैयाँको बेसिक प्लान सुचारु गरेमा दुई जिबी डेटा, एक जिबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ अल नेपाल एसएमएस प्राप्त गर्नेछन्, जुन सात दिनका लागि मान्य रहनेछ । चार सय ९९ को बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जिबी डेटा, पाँच जिबी निःशुल्क सोसल मिडिया डेटा, चार सय ४९ मिनेट अल नेपाल कल टक टाइम र चार सय ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् । जुन २८ दिनका लागि मान्य रहनेछ ।
धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम प्लान पनि ल्याएको छ । प्लानअन्तर्गत १४ सय ९९ को प्याक सुचारु गर्ने ग्राहकले सय जिबी डेटा, १५ जिबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउनेछ भने प्याकअन्तर्गतको सेवा २८ दिनका लागि मान्य रहनेछ ।






