
काठमाडौं । चुरे उत्थानशील आयोजनाले ९ जेठमा पर्ने अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाउन एउटा रमाइलो प्रश्नोत्तर सञ्चालन गर्ने भएको छ । प्रश्नोत्तर अन्तर्राष्ट्रिय जैविक विविधता दिवसभन्दा एक हप्ताअघि बुधबारदेखि सुरु भएको हो ।
प्रश्नोत्तरका लागि स्थानीय वनस्पति र जीवजन्तुका तस्बिर चुरे उत्थानशील आयोजनाका खाता र फेसबुक पेजमा राखिनेछन् र दर्शकलाई ती चित्र पहिचान गर्न अनुरोध गरिनेछ । प्रश्नोत्तरले सो क्षेत्रका विविध वनस्पति र जीवजन्तुबारेमा जानकारी बढाउने, छलफल उत्प्रेरित गर्ने र जैविक विविधता र संरक्षणको महत्व दर्शाउने आयोजकको अपेक्षा रहेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्तालाई सो क्षेत्रका वनस्पति र जीवजन्तुका आफ्नै तस्बिर साझा गर्न र सचेतना जगाउन बोटबिरुवा र जनावरबारेमा व्यापकरूपमा छलफल गरिने परियोजना प्रबन्धक बलराम कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पृथ्वीको स्वास्थ्य र मानव जातिको हितका लागि जैविक विविधता धेरै महत्वपूर्ण छ । जैविक विविधता संरक्षण गर्न हामीले यसबारेमा थप चेतना जगाउन आवश्यक छ ।’ चुरे उत्थानशील आयोजनाले पूर्वी चुरे क्षेत्रमा वन क्षेत्रफल बढाउने, वनलाई प्राकृतिकरूपमा पुनर्जीवित गर्ने र वनको पुनस्र्थापना गर्ने काम गर्छ, जुन जैविक विविधता प्रवद्र्धनका लागि अत्यावश्यक रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच