
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक बोलाउनु भएको छ ।
पार्टी प्रवक्ता मनिष सुमनका सोमबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्नेछ।
महाधिवेशन तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा छलफल गरी आवश्यक निर्णय लिइने उहाँले जानकारी दिनुभयो ।
मधेसमा जसपाका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। यहाँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले आइतबार पदबाट राजीनामा दिएका छन्।
जसका कारण मधेस प्रदेश सरकारको सत्तारुढ दल माओवादी र एमाले संयुक्तरुपमा समर्थन फिर्ता लिएसँगै जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
पार्टी फुटपछि विकसित राजनीतिक घटना क्रममा उपेन्द्र नेतृत्वको जसपा नेपाल संकटमा परेको छ । केन्द्रमा पनि सरकार छाड्न जसपा नेपाललाई दबाब बढेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच