
दाङ । नारायणपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अनिलकुमार बस्नेत विजयी हुनुभएको छ।
संयुक्त व्यवसायी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८ मत लिई विजयी हुनु भएको हो। उहाका निकटतम प्रतिस्पर्धी युवा व्यवसायी प्यानलका लिलाधर शर्मा (बिट्टु) ले ९० मत प्राप्त गर्नुभएको छ।
त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट उद्योग उपाध्यक्ष पदका उम्मेदवार रहेका बसन्त न्यौपानेले २ सय ७ मत लिई विजयी हुनुभएको छ भने सचेत युवा व्यवसायी प्यानलका धरमबहादुर बस्नेतले १ सय ८४ मत लिनुभयो।
त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार रहेका कुलराज खनालले २ सय ५७ मत प्राप्त गरी विजयी हुनु भएको छ भने सचेत युवा व्यवसायी प्यानलका सनतकुमार आचार्यले १ सय ४१ मत लिनु भएको छ ।
त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट सचिव पदका उम्मेदवार रहेका मिना भण्डारीले २ सय १० मत लिई विजयी हुनुभएको छ भने सचेत युवा व्यवसायी प्यानलका तिलकबहादुर भण्डारीले १ सय ८२ मत लिनुभयो।
कुल ४ सय ३२ मतदाता रहेकोमा ४ सय ६ मत खसेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच