काठमाडौं । माछापुच्छ्रे बैंकको धादिङको सिम्ले शाखाले धादिङबेशी नगरपालिकास्थित कालीदेवी आधारभूत विद्यालयलाई सात थान कम्प्युटर तथा एक थान कलर प्रिन्टर सहयोग प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको बैंकले जनाएको छ ।
कम्प्युटर सहयोगपछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकीय कार्यका साथै पाठ्यसामग्री अध्ययन गर्न उपयोगी हुने विश्वास बैंकले लिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।






