
झापा । झापामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका ८ का सुनिल राजवंशीका डेढ वर्षीय छोराको मंगलबार करेन्ट लागेर ज्यान गएको हो ।
घरमा पानी तान्न जडान गरिएको मोटरमा छुदा ति बालकलाई करेन्ट लागेको थियो । खेल्ने क्रममा मोटर छुदा घाइते भएका बालकलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको थियो । त्यहाँ पुर्याउनासाथ डाक्डरले उनलाई मृत घोषणा गरेका थिए ।
यता मंगलबार नै अर्जुनधारा नगरपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अर्जुनधारा नगरपालिका २ चौरासेका ५४ वर्षीय मोहनप्रसाद दुलाललाई मंगलबार साँझ मकैबारीमा काम गरिरहँदा चट्याङ लागेको थियो ।
छाती र पेटमा जलेका दुलाललाई छट्पटाइ रहेको अवस्थामा स्थानीयले फेला पारेका थिए । उनको स्थानीय मेडिकलमा उपचारका क्रममा साँझ सवा ६ बजेतिर मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
झापामा लामो समयपछि मंगलबार हावाहुरी र चट्याङसहित पानी परेको थियो । सोही बेला दुलाललाई चट्याङ लागेको हो । यस वर्ष झापामा चट्याङ लागेर मृत्यु भएको यो पहिलो घटना हो ।
दुबैजनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच