-हाेमनाथ सापकाेटा
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा माछा मार्ने क्रममा पोखरीमा डुबेर १० बर्षीय बालकको मृत्यू भएको छ । खैरहनी वडा नं १० जीवनपुरका सञ्जय चौधरीको छोरा सिमानस चौधरी स्थानीय यादव पुनको माछापोखरीमा सोमवार दिउँसो साढे ३ बजे बल्छी थापेर माछा मार्ने क्रममा डुबेका थिए ।
बालकलाई पोखरीबाट निकालेर उपचारको लागि भरतपुर अस्पताल पठाएकोमा उपचारको क्रममा सोमवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले घटनास्थलको मुचुल्का गर्ने काम सकिएको र जाहेरी प्राप्त भएपछि पोष्टमार्टम गरिने बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता