काठमाडौं । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा विस्तार गरेको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाका रूपमा दैलेखको दुल्लु नगरपालिकामा विस्तार गरेको हो । दुल्लु नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधि, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाको उपस्थितिमा गत शुक्रबार शाखा उद्घाटन गरिएको नबिल बैंकले जनाएको छ ।
नगरप्रमुख रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशकै अग्रणी बैंकले हाम्रो नगरपालिकामा निजी क्षेत्रको पहिलो बैंकका रूपमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो निकै खुसीको कुरा हो ।
यहाँका जनताको वित्तीय पहुँच बढाउन र यहाँ उद्यम व्यवसाय विस्तार गर्न यस शाखाले ठूलो सहयोग पुग्ने विश्वास लिएको छु ।’ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ऐतिहासिक महत्व बोकेको दुल्लु क्षेत्रमा नयाँ शाखा सञ्चालनमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । देशभर २६८ शाखा सञ्जालसहित २२ एक्सटेन्सन काउन्टर र ३१३ एटिएममार्फत् बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements